कपिलवस्तु ३ भदौ । लागत साझेदारीमा वाटोघाटो वनेको ,पुल पुलेशा बनेका जस्ता कुरा कुनै नौला होइनन । तर किसानले किन्ने भैसीमा लागत साझेदारी जनाएर बाणगंगा नगरपालिकाले फरक कामको थालनी गरेको छ । जस अनुसार कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाले ५० वटा भैसी लागत साझेदारीमा कृषकलाई हस्तान्तरण गरेको छ । स्थानीय सरकारको यस कार्यवाट कृषकहरु आत्मनिर्भर हुने र वडाभित्र रोजगारी समेत श्रृजना हुने चरण शुरु भएको छ ।
नगरपालिकाको वडा नः २ नन्दनगरमा भएको कार्यक्रममा ५० कृषकलाई भैसी हस्तान्त्रण गरिएको हो । जसमा कैलाश आश्रम कृषी सहकारी संस्थाको ७० प्रतिशत र नगरपालिकाको ३० प्रतिशत लागत सहभागिता रहेको थियो । सहकारीले अहिले दैनिक ७ सय लिटर दुध वडाबाट जम्मा गरि रहेको छ ।
लागत साझेदारी हुलाकी राजमार्ग दुध उत्पादन कार्यक्रम अनुसार भैसी हस्तान्तणपछि वडाभित्र थप ५ सय लिटर दुध उत्पादन बढने बिश्वास लिइएको छ । सहकारीमा रहेका १८० शेयर सदस्य मध्य ५० कृषकलाई लागत साझेदारीमा भैसी हस्तान्तरण गरिएको बाणगंगा नगरपालिकाका पशु बिकास शाखाका प्रमुख राज कुमार तिवारीले बताए ।
कार्यक्रममा बोल्दै बाणगंगा नगपालिकाका प्रमुख मगंल प्रसाद थारुले नगरपालिका दुध, मह, कुखुराको अण्डा र मासुमा आत्मनिर्भर भईसकेको बताउदै तरकारी र फलफुलमा अव नगरलाई आत्मनिर्भर बनाउने लक्ष्य नगरले लिएको बताए । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनाल , डा नः २ का अध्यक्ष तथा बाणगंगा नगरपालिकाका प्रवक्ता बिष्णु पौडेल लगाएतले बोल्नुभएको थियो ।
नगरपालिकाले कृषकको गोठ सुधार, काउ म्याट , मिल्क क्यान, भ्याक्सीनेसन, ब्हील ब्युरो, पशु बिमाका क्षेत्रमा समेत लगानी गरेपछि अहिले वडा नः २ का भैसीपालक कृषक खुशी भएका छन । जसपछाडी प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा २५० बढिलाई रोजगारी मिलेको कैलाश आश्रम कृषी सहकारी संस्थाका अध्यक्ष खुमलाल शर्माले बताए ।








प्रतिक्रिया