रुपन्देही ४ साउन । नेकपा हुदा सत्तामा रहेको र सर्वाेच्चले पार्टी विभाजन गरेपछि सत्तावाट वाहिरीएको माओवादी केन्द्रले लुम्विनीको शासकीय सत्ताका ३ वटै महत्वपूर्ण पदमा यतिबेला आसिन हुन सफल भएको छ ।मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त भएसँगै लुम्बिनी प्रदेशको शासकीय सत्तामा माओवादी केन्द्र हाबी भएको छ । माओवादीले आफ्नै प्रभाव क्षेत्र र ‘जनयुद्ध’ को उद्गमस्थल दावि गर्दै आएको लुम्बिनीमा प्रमुख, मुख्यमन्त्री र सभामुखमा आफ्ना नेतालाई पदस्थापन गराउन सफल भएको छ ।
प्रदेश सरकारको महत्वपूर्ण मानिएको आर्थिक मामिला तथा योजना मन्त्रालय लिएको माओवादीले आन्तरिक मामिला तथा कानुन मन्त्रालय पनि लिने प्रयास गरिरहेको छ ।नेकपा विघटन पछिको फाइदा लिँदै माओवादीले कांग्रेस, जसपा र जनमोर्चाको सहयोगमा अमिक शेरचनलाई प्रदेश प्रमुख र केसीलाई मुख्यमन्त्री बनाएको हो ।वाम गठबन्धन कायम रहेकै बेला माओवादीका पूर्णबहादुर घर्ती भने सभामुख भएका थिए । प्रदेशसभा निर्वाचनमा एमालेसँग गठबन्धन बनाएर माओवादीले १४ प्रत्यक्ष सहित २० सिट जितेको थियो । ८७ सदस्यीय प्रदेशसभामा एमालेले ४१, कांग्रेसले १९, जसपाले ६ र जनमोर्चाले १ सिट जितेका थिए ।
२०७४ मा प्रदेश स्थापना गर्दा प्रदेश प्रमुखमा उमाकान्त झा थिए । सुरुको सत्ता बाँडफाँटमा एमालेले मुख्यमन्त्री र माओवादीले सभामुख पद लिएका थिए । तर यतिबेला ३वटै पद माओवादीको हिस्सामा आएका छन् । यो हैसियतलाई वचाएर आगमी चुनावपछि वरकरार राख्न सक्छ वा सक्दैन त्यो अनिश्चित छ । कुनै संबैधानिक र अदालती आदेशले सत्ता वदलिएन भने आउने चुनाव सम्म माओवादीको शासकीय सत्तामा पडक रहने निश्चित छ ।
प्रतिक्रिया