दाङ ६ भदौ । लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री शंकर पोखरेलले अहिलेको नेतृत्वले आफुले गरेका राम्रा कामहरुको निरन्तरता दिन सके सुशासनमा केही हद सम्म योगदान पुग्ने बताएका छन् ।
सोसियल मिडियामाको स्टाटस लेख्दै उनले भनेका छन्, साढे तीन वर्ष सम्म लुम्बिनी प्रदेशको मुख्यमन्त्री रहँदा प्रदेश सरकारको कामका लागि हेलिकेप्टरको प्रयोग भएन, मुख्यमन्त्रीका लागि नयाँ र महंगा गाडी किनिएन, औषधि उपचार खर्च राज्यकोषवाट लिइएन, बास नबसेको अवस्थामा जिल्ला भ्रमण भत्ता लिइएन, उपलव्ध भएसम्म सरकारी गेष्ट हाउसको प्रयोग गरियो उनले भनेका छन् ।
त्यसैगरी पुर्व मुख्यमन्त्री पोखरेलले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र आर्थिक मामिला मन्त्रालयको वेरुजु सुन्यमा राखेको बताएका छन् ।
प्रतिक्रिया