कपिलवस्तु ९ भदौ । माओवादी केन्द्रको हालै बसेको स्थायी कमिटीको बैठकले गरेको निर्णय अनुसार लुम्विनी प्रदेशको इन्चार्जमा चक्रपाणी खनाल (बलदेव)ले जिम्मेवारी पाउनु भएकोछ । सह इन्चार्जमा कुल प्रसाद केसी र हकिकुल्ला खाँन, प्रदेश कमिटी अध्यक्षमा ओनसरी घर्ति , सचिवमा जगप्रसाद शर्माले जिम्मेवारी पाउनु भएकोछ ।
यता लुम्विनी प्रदेशका १२ जिल्लाहरुमा इन्चार्ज तोकिएको छ । जसमा कपिलवस्तुको इन्चार्जमा डोर प्रसाद उपाध्याय, रुपन्देही इन्चार्जमा राम प्रसाद बन्जाडे, पाल्पा इन्चार्जमा तुलाराम घर्तिले जिम्मेवारी पाउनु भएकोछ । अर्घाखाचीमा शुसिला श्रीपाइली,गुल्मीमा लक्ष्मण पन्त ,प्यूठानमा कृष्णध्वज खडका दाङमा जीवन गौतम,वाँकेमा दिना कुमारी सुवेदी , रोल्पामा दिपेन्द्र पुन , बर्दियामा तिलक राम शर्मा , रुकुम पूर्वमा गज वहादुर ओलीले जिम्मेवारी पाउनु भएको छ ।
प्रतिक्रिया