अर्थ-वाणिज्य

कालोमोसो कान्डमा प्रजिअ कुरुम्वाङले भने कारबाही हुन्छ सेवा अवरुद्ध नगरौं



तुलसीपुर,११-भदौ । राप्ती अस्पताल विकास समिति तुलसीपुरले दोषीलाई कार्वाही गर्न माग गरेको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। विनोद सिंहलाई स्थानीय यूवा सर्जन परियारको नेतृत्वमा गएको एक समूहले कालोमोसो दलेपछि अस्पताले दोषीलाई हदैसम्मको कारबाहीको माग गरेको हो ।घटना लगत्तै बसेको अस्पताल विकास समितिका अध्यक्ष पदम प्रसाद न्यौपानेको अध्यक्षतामा बसेको बैठकले घटनामा संलगन दोषीलाई हदैसम्मको कारर्वाहीको माग गर्दै घटना प्रति खेद प्रस्ताव पारित गर्दै दोषीहरुलाई किटानी जाहेरी दिने निर्णय गरेको छ ।त्यसैगरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले शनिबार बिहानसम्म दोषीलाई पक्राउ नगरे अस्पतालबाट दिइने सेवा ठप्प पार्ने चेतावनी दिएका छन् ।        अस्पतालमा काम गर्ने वातावरण नभएको भन्दै घटनामा संलग्न व्यक्तिहरुलाई शनिबार बिहान ९ बजेभित्र पक्राउ नगरे इमरजेन्सी, सुत्केरी, डाइलासीश सेवा बाहयक सबै सेवा ठप्प पार्ने चेतावनी दिएको अस्पताल विकास समितिका अध्यक्ष न्यौपानेले जानकारी दिए ।            हरेक काममा आलटाल ढिला सूस्ती भयको आरोप खेपिरहेका सिंह ले टाइफाईडका बिरामीको कल्चर टेष्टको सेवा सूचारु नभएको  बताएपछि युवाको समूहले कालोमोसो दलेको थियो । यसैविच आकस्मिक बैठकमा बोल्दै दाङका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले कोरोनाको समयमा स्वास्थ्यकर्मी भगवान सरह मानेको अवश्थामा मेसुलाई मोसो दल्नु स्वास्थ्यकर्मी माथी धेरै नै अपमान भएको बताए । मेसु सिंहलाई अपमान गर्नु प्रमुख जिल्ला अधिकारीलाई नै अपमान भएको महसुस भएको उनले बताए । साथै उनले अपराधिलाई कानूनको कठघरामा उभ्याएर दण्ड सजाय गर्ने बताए ।

प्रकाशित : १२ भाद्र २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६