पर्यटन

आजदेखि विद्यार्थीहरुको लागि एस्ट्रोजेनिका खोप लगाइने



कपिलवस्तु २१ भदौ । कपिलवस्तुको बाणगंगा नगरपालिकामा विद्यार्थीहरुको लागि एस्ट्रोजेनिका खोप लगाइने भएको छ । १८ उमेर समुह पुगेका विद्यार्थीको लागि १९ विद्यालय स्कुल र क्याम्पसमा खोप लगाउन लागिएको हो । नगरपालिकाद्धारा आइतबार जारी गरिएको सूचना अनुसार सोमबार, मंगलबार र बुधबार समय तोकेर खोप लगाइने जनाइएको छ ।

जिल्ला कोभिड १९ खोप समन्वय समितिको निर्णय अनुसार जिल्लाका बिभिन्न स्कुल र कलेजमा अध्ययनरत विद्यार्थीको खोप लगाइने छ । खोप लगाउन आउँदा विद्यार्थीले विद्यालयले प्रमाणित गरेको नामावली, उमेर खुल्ने प्रमाणसहित परीक्षा प्रवेश पत्र र एक जना अनिवार्य शिक्षक प्रतिनिधि लिएर आउनु पर्ने प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनालले बताउनु भयो ।

प्रकाशित : २० भाद्र २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६