अर्थ-वाणिज्य

राप्रपाले खोल्यो पहिलो पटक प्रदेश क्षेत्र कार्यलय



कपिलवस्तु २९  भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कपिलबस्तु क्षेत्र नम्बर १ प्रदेश सभा (क) को पार्टि कार्यालय उद्घाटन  गरिएको छ । जिल्लाको बाणगंगा नगरपालिका वडा नं. ५ झण्डा चोकमा एक समारोहका बिच पार्टिका केन्दिय सदस्य धुर्व रायमाझी, जिल्ला अध्यक्ष नारायण बहादुर सिंह र प्रदेश सभा १ (क) अध्यक्ष डिल्लीराज शर्मा (रामु) ले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । सो अवसरमा नेताहरुले पार्टी कार्यालय भएसंगै अब पार्टीका सबै क्रियाकलाप सञ्चालन गर्न सहज हुने विश्वास व्यक्त गरे  ।

 केन्द्रिय सदस्य रायमाभीm र जिल्ला अध्यक्ष सिंहले हिन्दुत्व, सबैधानिक राजसंस्था सघियताको खारेजीको एजेन्डा साना र प्रमुख ठुला दल सबैमा बहसको बिषय हुन थालेकोले र यी एजेन्डाप्रति जनताको समर्थन पनि रहेकोले पार्टिले लिएको मुद्दा जनताको घर दैलो सम्म पु¥याउन आवश्यक रहेकोमा जोड दिएका थिए । कार्यक्रम  क्षेत्रीय अध्यक्ष शर्माको अध्यक्षता, नबराज घिमिरेको सञ्चालन र राम बहादुर थारु चौधरीको स्वागत मन्तब्यमा भएको  थियो ।

कार्यक्रममा कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य देबेन्द्र किरण श्रीवास्ताव, प्रदेश सभा उपाध्यक्ष रामु थारु, जिल्ला उप सचिव ईश्वर गिरी, बाणगंगा नगर अध्यक्ष गिरिराज कंडेल लगायत पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । त्यस्तै राप्रपा कपिलवस्तुले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसि) का बुँदाहरु जलाएर विरोध समेत गरेको छ । सदरमुकाम तौलिहवामा एमसिसी विरुद्ध प्रदर्शन गरिएको हो ।

प्रकाशित : २९ भाद्र २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६