अर्थ-वाणिज्य

करेण्ट लागेर ४ भैसी मरे , बिधुत प्राधिकरणको लापरवाही पुष्टि



कपिलवस्तु १ असोज ।कपिलवस्तुको बुद्धभुमि ३ दुवियामा शुक्रवार विद्युतको तार चुडिएर करेन्ट लाग्दा ४ भैँसी मरेका छन् । बिद्युत प्राधिकरणको दुवियामा रहेको सवस्टेशनले चुडिएको तार मर्मत नगर्दा स्थानीयले चराउन लगेकामध्ये चार भैँसी करेन्ट लागी मरेको बुद्धभुमी ३ का वडा अध्यक्ष गोविन्दप्रसाद आचार्यले बताउनुभयो ।

करेन्ट लाग्दा स्थानीय खडानन्द गैरे, विष्णुमाया खनाल, सुवास गैरे र पिताम्वर बेल्वासेको भैँसी मरेको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरिक्षक लिलामणी आचार्यले बताउनुभयो । शुक्रवार  बिहान अन्दाजी १० बजे यात्रुबाहक बसले तार छोएपछि चुडिएर तार जमिनमा खसेको थियो । स्थानीयले इमिलीया फ्युज सेवा केन्द्रका कर्मचारी विष्णु केसीलाई   जानकारी गराएका थिए ।

केसीले चुडिएको तार लठ्ठीले पन्छाउन सुझाव दिनुभएको स्थानीय धर्मराज गैरैले बताउनुभयो ।घटनास्थलदेखि सवस्टेशनको दुरी चार किलो मिटर टाढा भएपनि तार मर्मत नहुँदा भैसीलाई करेन्ट लागेको थियो । ४२ भैँसीमध्ये चार भैँसी बिद्युत तारमा छोइएपछि करेन्ट लागेको थियो ।

प्रकाशित : १ आश्विन २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६