दाङ २ असोज । दाङमा एक बालिका माथी सामुहिक बलात्कार भएको छ । तुलसीपुर उपमहानगरपालिका–१३ बखरियामा रहेको एक होटेलमा बालिका माथि सामुहिक बलात्कार भएको प्रहरीले बताएको छ । गएको भदौ २७ गते दिउँसो करिब ४ बजेको समयमा १४ बर्षीया बालिका माथि सामुहिक बलात्कार भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिए ।ति बालिकालाई दुईजना युवाहरुले पानीपुरी खाने भन्दै होटेलमा लगेर बलात्कार गरेको डिएसपी अर्यालले बताए ।
बालिकाको अत्याधिक रक्तश्राव भएपछि घटना बाहिर आएको प्रहरीले बताएको छ ।यसैबिच प्रहरीले घटनामा संलग्न रहेको आरोपमा कैलाली घर भई हाल तुलसीपुर उपमहागनरपालिका–११ बेलटाकुरामा बस्दै आएका २२ बर्षीय विष्णु सुनारलाई पक्राउ गरेको छ । उनलाई बिहीबार दिउँसो शान्तिनगर गाउँपालिका–५ रगैचाबाट पक्राउ गरेको हो भने घटनामा संलग्न एकजना फरार रहेको र उनको खोजीकार्य जारी रहेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया