काठमाण्डौ,३ असोज । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारले पूर्णता पाउन ढिलाई हुनुमा गठबन्धन नै जिम्मेवार रहेको वताउनु भएको छ। उहाले आफूहरु एक हप्ताभित्र सरकारमा सहभागी हुने दोहो¥याउनु भएको छ । अध्यक्ष नेपालले हिजो पनि आफुहरु एक साता भित्रै सरकारमा सहभागि हुने बताउनुभएको थियो । आज पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले केन्द्रसँगै लुम्बिनी प्रदेश सरकारमा पनि सहभागी हुने तयारी भइरहेको बताउनुभयो । प्रदेश १ र बाग्मतीमा सरकार परिवर्तनको तयारी गरिरहेको पनि उहाँले बताउनुभयो।
३ आश्विन २०७८, आइतबार
प्रतिक्रिया