अर्थ-वाणिज्य

लुम्विनी प्रदेशका मुख्यमन्त्री केसीद्धारा लाइसेन्स वितरण शुभारम्भ



बुटवल ४ असोज । यातायात व्यवस्था कार्यालय रुपन्देही मार्फत परिक्षण कालिन लाइसेन्स वितरण शुरु भएको छ ।  सवारी चालक अनुमति पत्र लुम्बिनी प्रदेश कार्यालयले परीक्षणकालीन रुपमा वितरण शुभारम्म गरेको छ ।सोमबार एक कार्यक्रमबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले परीक्षणकालीन अनुमति पत्रको शुभारम्म गरेका हुन् ।शुभारम्म कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेशमा अब प्रदेशमा एकै प्रकारको सवारी चालक अनुमति पत्र लागु गरिने बताए ।

उनले नवीकरण र नयाँ सवारी चालक अनुमति पत्र एकै प्रकारको लागु गरिने बताउँदै सवारी चालक अनुमति प्राप्त व्यक्तिले संसारको जुनै ठाउँमा पनि रोजगारी प्राप्त हुने वातारण सिर्जना गर्न पहल गर्ने बताए । केसीले प्रदेशमा असरल्ल परेको यातायात प्रणालीमा सुधार आउने दाबी गरे ।केसीले अब चाँडै नै लुम्बिनी प्रदेशका अन्य स्थानबाट पनि सवारी चालक अनुमति पत्र वितरण गर्ने कार्यलाई तीव्रता दिने बताउँदै यातायात क्षेत्रमा देखिएको समस्या समाधान गर्न प्रदेश सरकार लागि रहेको बताए ।

प्रकाशित : ४ आश्विन २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६