जीवनशैली

मेयर सुवेदी माथि सुनियोजित प्रहार :हातपात गर्नेलाई कारबाही गर्न माग



बुटवल ४असोज ।बुटवल उपमहानगर पालिकाले नगर प्रमुख शिवराज सुवेदीमाथि हातपात गर्नेलाई कारबाही गर्न माग गरेको छ । सोमबार विहान वर्षापछि भूस्खलन भइ बस्ती जोखिममा परेको थाहा पाएपछि मेयर सुवेदीसहितको टोली ज्योतिनगर पुगेको थियो ।त्यस क्रममा स्थानीय गणेश पंगेनीले मेयर सुवेदीमाथि मुक्का प्रहार गर्नु भएको थियो ।                    बुटवल उपमहानगरपालिकाले नगर प्रमुखमाथि भएको उक्त घटनामा संलग्न र उनलाई उक्साउने उपर छानबिन गरी यथाशीघ्र कारवाही गर्न माग गरेको छ ।प्रवक्ता रामप्रसाद रेग्मीले जारी गरेको विज्ञप्तिमा सोमबार विहान देखि परेको मुसलधारे वर्षाका कारण थप भूस्खलन भई क्षतिको खबर प्राप्त भएपछि मेयर सुवेदी, उपमेयर, प्रमुख प्रशासकीय अधिकृतलगायतका प्राविधिक टोलीसहित पहिरो स्थलमा निरीक्षण, राहत, उद्दार र व्यवस्थापनका लागि पुगेको उल्लेख गरिएको छ ।           त्यही बेला अराजक व्यक्तिहरुले नियोजित रुपमा सुरक्षा निकायको उपस्थितिमा प्रमुखमाथि आक्रमणको प्रयास हुनु दुखद, निन्दनीय र खेदजनक भएको विज्ञप्तिमा जनाइएको छ । ज्योतिनगरको प्रकोपको नियन्त्रण र व्यवस्थापन कार्य उपमहानगरपालिकाको क्षमताले मात्र हुन नसक्ने पनि प्रवक्ता रेग्मीले बताउनु भएको छ। 

प्रकाशित : ४ आश्विन २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६