कपिलवस्तु ९ असोज।दशै पर्व नजिकिएसंगै कपिलवस्तुको सदरमुकाम तौलिहवामा संयुक्त बजार अनुुगमन गरिएको छ । घरेलु तथा साना उद्योग कार्यलय कपिलवस्तुको आयोजनामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, कपिलवस्तु नगरपालिकाका प्रतिनिधि उद्योग वाणिज्य संघ तौलिहवाका प्रतिनिधि सुरक्षाकर्मी तथा पत्रकारको रोहवरमा बजार अनुगमन गरिएको हो ।
टोलीले तौलिहवाका किराना तथा खाद्य सामग्री पसलमा अनुगमन गरेको थियो । अनुगमनका अधिकांश पसलमा मुल्यसूची नराखेको, बोर्ड नभएको, म्याद गुजे्रका तथा सडेका सामग्री भेटिएको घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुका प्रमुख कालिदास बस्यालले बताए ।
म्याद गुज्रेका तथा उपभोग गर्न नमिल्ने ४० हजार बराबर मुल्य पर्ने अखाद्य सामग्री बरामद गरिएको प्रमुख बस्यालले बताए । बेकरी, दालमोट, छोहडा, चुर्ण लागतयका खाद्य्य बस्तुहरु खान योग्न नभए पन िबोचिएको भेटिएको थियो ।
प्रतिक्रिया