खेलकुद

आजदेखि ईपीएल क्रिकेट शुरू हुँदै



काठमाडौँ,आश्विन ९  ।  एभरेष्ट प्रिमियर लिग (ईपीएल ) टी ट्वान्टी क्रिकेट प्रतियोगिता आजदेखि शुरू हुँदैछ । चौंथो संस्करणको यो प्रतियोगितामा उद्घाटन खेलमा आज साविक विजेता ललितपुर प्याट्रीयट्स र काठमाडौं किङ्स (११ खेल्दैछन् ।

टियु क्रिकेट मैदानमा हुने ईपीएलको उद्घाटन खेल मध्याह्न १२स्१५ मा शुरू हुनेछ । कुशल भुर्तेलको कप्तानीमा मैदान उत्रने ललितपुर र सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रने काठमाडौँको खेल प्रतिस्पर्धात्मक हुनेछ । ललितपुरको टिममा श्रीलंकाका ओशाडा फर्नान्डो, सनदुन विराकोडी, अफगानिस्तानका आजमतुल्लाह ओमरजाई, भुटानका  रानजुङ्ग मिक्यो दोर्जी र इंग्ल्यान्डका एलेक्स ब्लाके जस्ता खेलाडी रहेका छन् ।

काठमाडौंको टिममा पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी, अफगानिस्तानका रहमानउल्लाह गुर्बाज, सिंगापुरका जनक प्रकाशसहितका खेलाडी छन् । प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ ।

प्रकाशित : ९ आश्विन २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६