प्रदेश

मन्त्रिपरिषद् विस्तार गर्ने अध्यादेश फिर्ता लिने सहमति



काठमाण्डौं,१० असोज । राजनीतिक दलसम्बन्धी अध्यादेश एकरदुई दिनमै फिर्ता लिएर मन्त्रिपरिषद् विस्तार गर्ने सत्ता साझेदार दलहरूबीच सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बसेको गठबन्धनको बैठकमा शीर्ष नेताहरूबीच यस विषयमा सहमति भएको हो ।

जसपाका कार्यकारिणी सदस्य महेन्द्रराय यादवका अनुसार शीर्ष नेताहरुले भोलिसम्ममा सबै विषय टुंगो लगाउने सहमति भएको छ । ‘मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा अब ढिलो गर्न नहुने भन्ने सहमति भएको छ,’ उनले भने ।

मन्त्रिपरिषद् विस्तारलाई छिटो टुंगोमा पुर्‍याएर सरकारको कामलाई गति दिने विषयमा नेताहरू सहमत उनको भनाई छ । भोलि वा पर्सिमा मन्त्रिपरिषद् बैठक बसेर अध्यादेश फिर्ता हुने र त्यसपछि थप प्रक्रिया अघि बढ्ने उनले बताए ।

राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय बनाएर मात्र मन्त्रिपरिषद् विस्तार गर्नुपर्ने उपेन्द्र यादव पक्षको अडान छ । मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको भन्दै चौतर्फी आलोचना हुन थालेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले एकीकृत समाजवादी र जसपा तत्काल सरकारमा सहभागी नहुने स्थिति भए कांग्रेस र माओवादी केन्द्रको भागमा पर्ने मन्त्रालयमा मन्त्री नियुक्त गरेर अघि बढ्न खोजेका थिए ।

आजको बैठकमा नेताहरूबीच मन्त्रालय भागबन्डा लगायतको विषयमा पनि कुराकानी भएको भन्दै भोलि नै धेरै कुरा टुंगिने नेता यादवले बताए । प्रधानमन्त्रीमा असार २९ गते नियुक्त भएका देउवाले ७६ दिन बितिसक्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भन्दै सरकारको आलोचना भइरहेको छ ।

प्रकाशित : १० आश्विन २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६