प्रदेश

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै ।



काठमाडौं, १२ असोज । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीे बैठक आज पनि बस्दैछ । बैठक मंगलबार दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने जनाइएको छ।

अध्यक्ष प्रचण्डको सचिवालयका अनुसार बैठकमा महाधिवेशन केन्द्रित विषयमा नै छलफल गरिने बताइएको छ। सोमबारको बैठकले महाधिवेशन केन्द्रित केही क्रियाकलापको कार्यतालिका हेरफेर गर्ने निर्णय गरेको थियो। मंगलबार त्यही हेरफेर गरिएको समयमा गुर्नपर्नैै संगाठानिक कामबारे छलफल हुनेछ।

सदस्यता नवीकरण गर्ने मितिलाई असोज मसान्तसम्म समय थप गर्ने वडा भेलाको बैठक कात्तिक १३ गते गर्ने र मंसिर ४ गते स्थानीय तह स्तरीय भेला गर्ने निर्णय गरेको थियो।

माओवादी केन्द्रले आफ्नो राष्ट्रिय सम्मेलन पुस ११ गतेदेखि १३ गतेसम गर्ने निर्णय भने यथावत राखेको छ।

प्रकाशित : १२ आश्विन २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६