कपिलवस्तु १३ असोज ।कपिलवस्तुमा अति बिपन्न र असहाय ८ सय ६० परिवारलाई निःशुल्क बिद्यतु मिटर उपलब्ध गराइएको छ । नेपाल बिद्यत प्राधिकरण तौलिहवा बितरण केन्द्रले जिल्लाका ६ पालिकाका ती परिवारलाई निःशुल्क मिटर जडान गरी दिएको हो । कपिलवस्तु नगरपालिका वडा नम्बर १ र १२ मा १ सय ७४, यशोधरा गाउपालिका वडा नम्बर १ र ८मा ३५, मायादेबी गाउपालिका वडा नम्बर १ र ८ मा ९७ जनाको घरमा निःशुल्क मिटर जडान गरिएको प्राधिकरणका प्रमुख सत्यनारायण गामीले बताए ।
यस्तै सुद्धोदन गाउपालिका वडा नम्बर १ र ६ मा ५७, बाणगंगा नगरपालिका वडा नम्बर १ र ११ मा ३ सय ४३ जना तथा बुद्धभुमी नगरपालिका वडा नम्बर १ र १० मा १ सय ५४ जनाको घरमा मिटर जडान गरिएको हो । पैसा नभएर बर्षो देखि मिटर जडान गर्न नसकेको परिवार यो कार्यक्रमले लाभांबित भएको प्रमुख गामीले बताए । उनले बिद्युत चहावट नियन्त्रण र सुरक्षाकालागि गरिब परिवारलाई लक्षित गरी यो कार्यक्रम ल्याईएको बताए ।
सिंगल फेजको मिटर जडान गर्न २ हजार ५० रुपैया शुल्क लाग्ने गर्दछ । मिटर नहुदा ती परिवारले हुकिङ मार्फत बिद्यतु बाल्ने गरेको प्राधिकरणका कर्मचारीहरु बताउछन । ‘ रकम अभावले मिटर जडान गर्न नसक्दा बिपन्न बर्गले हुकिङ गरी घरमा बिद्युत बाल्दै आएका थिए , प्रमृुख गामीले भने ‘ मिटर बितरण पछि चोरी नियन्त्रण हुनेछ ’ उनले भने । यसले अनाधिकृत प्रयोग मार्फत हुने बिद्यतीय दुर्घटना समते कम हुने उनले बताए ।
प्रतिक्रिया