अर्थ-वाणिज्य

काँग्रेसमा लुम्बिनी प्रदेश कै एकमात्र महिला सभापति



पाल्पा १३  असोज । नेपाली काँग्रेसको १४ महाधिवेशन अन्तर्गत हालसम्म लुम्बिनी प्रदेशमा भएको पालिकास्तरको अधिवेशनमा एक जनामात्र महिला सभापति चुनिएकी छन् । पाल्पाको पूर्व खोला गाउँपालिका–३ निवासी ५० वर्षीया बिष्णुकुमारी आचार्यलाई गत सम्पन्न पालिका अधिवेशनले सर्वसम्मत रुपमा पालिका सभापतिमा निर्वाचित गरेको हो । 

उपसभापतिमा मेघराज न्यौपाने र दुर्गाबहादुर थापालाई निर्वाचित गरेको छ ।नवनिर्वाचित सभापति आचार्यका अनुसार अधिवेशनले सचिवद्वयमा भुपाल पंगेनी र ऋषिराम ढेंगालाई चयन गरेको छ । सह–सचिवद्धयमा जगत सिंह हिस्की र नवराज श्रेष्ठलाई  चयन गरिएको छ भने १८ सदस्यीय निर्वाचित कार्य समितिले कोषाध्यक्षमा अमरसिंह रानालाई  मनोनित समेत गरि सकेको छ ।

शिक्षक संघबाट संगठित भएकी आचार्यले गत वर्ष पूर्व खोला गाउँ कार्य समितिका सभापति कृष्णप्रसाद आचार्य बाहिर गएपछि कार्यवाहक सभापतिको जिम्मेवारी पाएकी थिइन् । अहिले भने अधिवेशनबाटै उनले सभापतिको जिम्मेवारी पाएकी हुन् ।

प्रकाशित : १४ आश्विन २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६