खेलकुद

ईपीएल टी–२० क्रिकेटमा विराटनगर ललितपुरसँग ३७ रनले पराजित ।



काठमाण्डौ, १५ असोज  एभरेस्ट प्रिमियर लिग ईपीएल टी–२० क्रिकेटमा ललितपुर प्याट्रियट्सले विराटनगर वारियर्सलाई हराएको छ । त्रिवि क्रिकेट मैदानमा आज शुक्रवार भएको पहिलो खेलमा ललितपुरले विराटनगरलाई ३७ रनले हराएको हो ।

ललितपुरले दिएको दुई सय २७ रनको विशाल लक्ष्य पछ्याएको विराटनगरले २० ओभरमा आठ विकेट गुमाएर एक सय ८९ रन बनायो । विराटनगरका लागि दिलशन मुनावीराले ५९, आशिफ शेखले ३७, चन्द्रपल हेमराजले २८ र सिकन्दर राजाले २४ रन बनाए ।

ललितपुरका अजमतुल्लाह ओमरजाईले चार, ललित राजवंशीले दुई र योगेन्द्र सिंह कार्कीले एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा पाँच विकेट गुमाएर दुई सय २६ रन बनायो । यो ईपीएलमा अहिलेसम्मकै ठूलो योगफल हो । ललितपुरका लागि सन्दुन वीराकोदीले ७३ र अजमतुल्लाह ओमरजाईले अविजित ५८ रन बनाए । त्यस्तै कुशल भुर्तेलले ३२ र योगेन्द्र सिंह कार्कीले २७ रनको योगदान गरे ।

विराटनगरका करण केसीले दुई विकेट लिँदा सिकन्दर राजा, प्रतिस जीसी र दिलशन मुनवीराले समान एक–एक विकेट लिए ।

यो जितसँगै ललितपुर तीन अङ्कसहित तालिकाको चौथो स्थानमा उक्लिएको छ भने विराटनगर वारियर्स अझै जितविहीन छ । आजकै अर्को खेलमा चितवन टाइगर्स र पोखरा राइनोज खेल्दैछन् । 

प्रकाशित : १५ आश्विन २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६