अर्थ-वाणिज्य

कांग्रेस कपिलवस्तुमा जिल्ला सभापति सर्वसहमत छनौटका लागि छलफल



जितपुर १६असोज । नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्र्तरगत  आसन्न जिल्ला अधिवेसनमा कपिलवस्तुबाट सभापतिको आकांक्षीहरुबाट सर्वसम्मत नेतृत्व चयन गर्ने वातावरणका लागि आज जिल्ला सभापति सुरेन्द्रराज आचार्यको पहलमा छलफल भएको छ । 

बुद्धभुमि २ गोरुसिंगेमा भएको छलफलमा सभापतिका आकांक्षीहरु राजेश आचार्य सुदाकर पाण्डे, हरिराज घिमिरे, अब्दुल कलाम, विरेन्द्र प्रसाद मिश्र, केशव कुमार श्रेष्ठ, लोकनाथ शर्मा, दुर्गा सेन, सोरहत तेली लगाएतसँग पार्टीका शिर्ष नेताहरु सभापति आचार्य सहित पुर्व केन्द्रिय सदस्य एवम् पुर्व मन्त्री दिप कुमार उपाध्याय, आमन्त्रित केन्दिय सदस्यहरु अभिषेक प्रताप शाह, राजेश सिंह पुर्व सभापति तथा पुर्व मन्त्री कमलेश कुमार शर्मा लगाएतले छलफल गरेका  थिए । 

छलफल र समझदारीबाट नेतृत्व छनौट हुने हो भने पार्टि थप मजबुद हुने र नेतृत्वका लागि समेत काम गर्न सहज हुने सभापति आचार्यको भनाई छ । आजै सहमति हुन नसकेपछी केही दिन पछी पुन छलफल बैठक बस्ने गरि उठ्ेको नेपाली कांगेसका जिल्ला पार्टी प्रवक्ता विरेन्द्र प्रसाद मिश्रले जानकारी दिनु भयो  ।

प्रकाशित : १६ आश्विन २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६