कपिलवस्तु १६ असोज ।नजिकिदै गरेको दशैसंगै यात्रुहरुको सुबिधालाई मध्यनजर गर्दै कपिलवस्तुमा एकै पटक ५ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । आफनो गन्तब्यमा सहजै आउजाउ गर्न र नागरिकहरुलाई सहयता गर्न जिल्ला ट्राफिक कार्यालयले सो स्थापना गरेको हो । महान चाड दशै लगायतका चाडलाई लक्षित गरी कृष्णनगर, चन्द्रौटा गोरुसिंगे, तौलिहवा र पिपरामा यात्रु सहायता कक्ष स्थापना गरिएको ट्राफिक कार्यालयका प्रहरी निरीक्षक दिलिप क्षेत्रीले बताए ।
‘यात्रुहरुको बढी भीडभाड र आगमन हुने स्थानमा सहायता कक्ष स्थापना गरेका हौ ’ प्रहरी निरीक्षक क्षेत्रीले भने । बिशेष गरी दशैको बेला यात्रुहरुको बढी आउजाउ हुने गर्दछ । मानिसहरुको आवगमनमा वृद्धि भई सवारी साधनहरुको अस्वस्थ प्रतिस्पर्धाका कारणबाट हुने सवारी दुर्घटना न्युनिकरण गर्न तथा यात्रुहरुमा पर्न जाने समस्या समाधानको लागि सहायता कक्ष स्थापना गरिएको स्पष्ट पारे ।
कोभिडका कारण यात्रुहरुकालागि बन्द भएको कृष्णनगर नाका सहीत नाकारु सरकारी निर्णय अनुसार खोलिएका छन । यससंगै अब कृष्णनर नाकामा यात्रुहरुको चाप पनि बढने छ । दशैमा बिशेष गरी भारतका बिभिन्न स्थानमा रोजागरीकालागि गएका नेपालीहरु कृष्णनगर नाका हुदै फर्कने गर्दछन । ‘ हामीले यात्रुहरुको बढी चाप हुेन कृष्णनगर नाकामा बिशेष ध्यान दिएका छौ ’ क्षेत्रीले भने ।
नागरिक सहायता कक्ष स्थापनासंगै जिल्लामा रहेको यातायात ब्यवसायस्संग आवश्यक छलफल र परामर्श समेत गरिएको उनले बताए । यात्रुहरुसंग बढी भाडा असुल्ने, सिट क्षमता भन्दा बढी यात्रुहरु राख्ने, याुत्रहरुलाई अनावश्यक सास्ती दिने लगायतका गुनासोहरु दशैका बेला बढी आउने गर्दछ । नागरिक सहायता कक्षको माध्यममबाट आफुहरुले यात्रुहरुको गुनासो समाधान गर्ने क्षेत्रीले बताए । उता दशैको बेला हुन सक्ने संभावित दुर्घटनाहरुलाइृ मध्यनजर गरी आवश्यक तयारी समेत गरिएको उनले दावि गरे ।
प्रतिक्रिया