प्रदेश

श्रृगीघाट सामुदायिक वनको अधिवेशन भोली , ठकुरी अध्यक्ष रहने गरि संयुक्त प्यानल घोषणा



कपिलवस्तु, १७ असोज  । कपिलवस्तुको बाणगंगा नगरपालिकामा रहेको श्रृगीघाट सामुदायिक वनको  अधिवेशन भोलि सोमबार हुने भएको छ । पिस हिमालयन रिसोर्टमा हुने अधिवेशनमा सुसिल सिंह ठकुरी(गणेश)अध्यक्ष रहने गरि संयुक्त प्यानल घोषणा भएको छ ।जसको उपाध्यक्षमा जंग बहादुर क्षेत्री, सचिवमा कमला थापा क्षेत्री(सुष्मा खाँण), सहसचिवमा तिल कुमारी राना, कोषाध्यक्षमा हरि पौडेल रहने गरि संयुक्त प्यानल घोषणा भएको हो । अध्यक्षका दावेदार रहेका सुसिल सिंह ठकुरी(गणेश) लोकप्रीय युवा समाजसेवीका रुपमा परिचित रहेका छन् ।

उनले आफ्नो उम्मेद्धारी सामुदायिक बनमा हुने गरेका आर्थिक अनियमितता,  अपार्दशिता जस्ता समस्यालाई चिर्दै वनको संरक्षणका लागी भएको दावी गरेका छन् ।केही समय अघि श्रृगीघाट सामुदयिक वनबाट भएको लाखौंको काठ चोरीलाई उनले हाल रहेको नेतृत्वको कमजोरि रहेको भन्दै चर्को आलोचना गरे । यता हाल सम्म धेरै पटक अध्यक्ष बन्नु भएकी रेणु सेन फेरी दोहोरीन हरसंभव प्रयासरत हुनु  हुन्छ ।

प्रकाशित : १८ आश्विन २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६