खेलकुद

ईपीएलमा आज लिग चरणको अन्तिम खेल, काठमाण्डौ र भैरहवा खेल्दै ।



काठमाण्डौ, १९ असोज । एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटमा आज लिग चरणको अन्तिम खेल हुँदैछ । कीर्तिपुर मैदानमा अहिले बिहान साढे ९ बजे काठमाण्डौ किङ्ग्स इलाभेन र भैरहवा ग्लाडीयटर्स खेल्दैछन् । सन्दीप लामिछाने कप्तान रहेको काठमाण्डौलाई प्ले अफमा पुग्न आज जित्नैपर्ने दबाब छ ।

अङ्कतालिकामा पाँचौं स्थानमा रहेको काठमाण्डौको चार खेलमा दुई अङ्क छ । आज काठमाण्डौ पराजित भए ललितपुरले प्ले अफमा स्थान बनाउनेछ । भैरहवा भने यसअघि नै प्ले अफमा पुगिसकेको छ । भैरहवा चार खेलमा ६ अङ्कका साथ तेस्रो स्थानमा छ ।

प्रकाशित : १९ आश्विन २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६