देश

परराष्ट्रमन्त्री खनाल र राष्ट्रसङ्घका उपमहासचिव खरेबीच शान्ति स्थापनाबारे छलफल



काठमाडौँ, १० असोज

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घका उपमहासचिव तथा डिपार्टमेन्ट अफ अपरेसन सपोर्टका प्रमुख अतुल खरेसँग शुक्रबार भेटवार्ता गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका क्रममा न्युयोर्कमा भएको साइडलाइन भेटवार्तामा नेपाल–संयुक्त राष्ट्रसङ्घ सहकार्य तथा राष्ट्रसङ्घीय शान्ति स्थापनाका विषयमा छलफल भएको मन्त्री खनालको सचिवालयले जनाएको छ । संयुक्त राष्ट्रसङ्घको डिपार्टमेन्ट अफ अपरेसन सपोर्टले विश्वभर राष्ट्रसङ्घीय निकायका लागि आवश्यक सञ्चालन तथा सहयोगसम्बन्धी सेवा प्रदान गर्दै आएको छ । भेटमा मन्त्री खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनामा नेपालको दीर्घकालीन र निरन्तर योगदानबारे चर्चा गर्नुभएको थियो । नेपालले विश्व शान्ति र सुरक्षाका लागि विभिन्न राष्ट्रसङ्घीय शान्ति स्थापना अभियानमा सैनिक तथा सुरक्षा जनशक्ति परिचालन गर्दै आएको र शान्ति स्थापनाका क्षेत्रमा नेपालको प्रतिबद्धता निरन्तर रहने विषयमा उहाँले जोड दिनुभएको थियो । उपमहासचिव खरेसँगको भेटमा शान्ति स्थापनाका क्रममा नेपाली शान्ति सैनिकले सामना गर्ने विभिन्न सञ्चालनगत तथा व्यवस्थापकीय पक्ष, आवश्यक सहयोग र राष्ट्रसङ्घीय शान्ति अभियानलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गर्नुभयो । –––

प्रकाशित : १० आश्विन २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६