खेलकुद

ईपीएल फाइनल खेल शुरु, चितवन टाइगर्स र पोखरा राइनोज खेल्दै ।



काठमाडौं, २३ असोज। बजाज पल्सर एभरेष्ट प्रिमियर लिग ईपीएल २०२१ को फाइनलमा चितवन टाइगर्स र पोखरा राइनोज खेल्दैछन् । कीर्तिपुरस्थित टीयू मैदानमा चितवनले टस जितेर बलिङ गरिरहेको छ ।

ब्याटिङको निम्तो पाएको पोखराका रिचर्ड लेभी र विपिन रावलले ओपनिङ गरेका छन् । यो संस्करणको लिग चरणमा चितवन र पोखराले दुई खेल खेलेका थिए । दुवै खेलमा चतिवनले सहज जित निकालेको थियो ।

दुवै टोली पहिलोपटक फाइनल पुगेकोले जसले जिते पनि यसपटक ईपीएलको नयाँ च्याम्पियन बन्नेछ । दोस्रो संस्करणको विजेता विराटनगर वारियर्स र तेस्रो संस्करणको विजेता ललितपुर प्याट्रिओट्स यसपटक लिग चरणबाटै बाहिरिसकेका छन् ।

चितवनले पहिलो क्वालिफायरमा पोखरालाई नै पारजित गरेर फाइनल पुगेको हो । पोखराले भने अर्को अवसरमा भैरहवा ग्लाडिएटर्सलाई दोस्रो क्वालिफायरमा पराजित गर्दै चितवनसँग भेट पक्का गरेको हो ।

जितवन लिग चरणमा पाँचमध्ये चार खेल जित्दै ८ अंक जोडेर पहिलो भएको थियो भने पोखरा तीन जित र १ बराबरीबाट ७ अंक जोड्दै दोस्रो भएको थियो । लिगमा पोखरा चितवनसँग मात्र पराजित भएको थियो ।

प्रकाशित : २३ आश्विन २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६