कपिलवस्तु असोज २४ ।
कपिलवस्तुको विजयनगरमा नेकपा एमालेको भातृ संगठन अखिल नेपाल महिला संघले वडा स्तरीय भेलालाई तिब्रता दिईएको छ । महिलाहरु नेतृत्व गर्ने ठाउमा पुगाउने अभियानमा लागेको अनेमसंघले धमाधम वडा स्तरीय कमिटि गठन गर्दै गएको छ । यसैबिच शनिबार बिजयनगर गाउपालिका ७ मा अखिल नेपाल महिला संघको ५१ सदस्यीय वडा कमिटि गठन गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै गाउपालिका नेकपा एमाले जिल्ला कमिटी सदस्यीय गोपाल बहादुर थापा, जिल्ला कमिटी सदस्य लक्ष्मी कुमारी थारु ,वडा अध्यक्ष दिनेश कुमार चौधरीले महिलाहरुको शशक्तिकरणका लागि अनेमसंघले काम गर्ने बताउनुभएको छ ।
राज्यले महिलाहरुका लागि दिएको अधिकारको प्रभावकारी ढंगबाट कार्यान्वयन नभएको भन्दै एकढिक्क भएर संगठनमा जुटुपर्नेमा जोठ दिनुभयो । जवसम्म महिलाहरु नेतृत्वमा आउन सक्दैनन तब सम्म महिला हिंसा नरोकिने बताउनुभयो । गाउपालिकाले महिलाहरुको शशक्तिकरणका लागि थुप्रै योजना बनाएको भन्दै गाउपालिकाले गर्ने सबै काममा महिलाहरुले पुरुष बराबरको सहभागिता जनाउन सुझाब दिनुभयो । वडा कमिटि संयोजक पूर्णकला खत्रीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन गोपबन्द सापकोटाले गर्नुभएको थियो ।








प्रतिक्रिया