प्रदेश

अनेरास्ववियु कपिलवस्तुद्धारा सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न ।



कपिलवस्तु, २८ असोज । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कपिलवस्तुको आयोजनामा सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । बाणगंगा नगरपालिका नन्दनगरमा सम्पन्न बैठकमा अनेरास्ववियु स्थायी कमिटि सदस्य, प्रदेश सह ईन्चार्जको जिम्मेवारी प्राप्त गरेका टुकलाल गैरे र कपिलवस्तु जिल्ला ईन्चार्जको जिम्मेवारी पाएका लेखनाथ खनाललाई स्वागत तथा सम्मान गरिएको छ ।

त्यस्तै कार्यक्रममा बोल्ने वक्ताहरुले आउदै गरेका महान चाड विजयादाशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै संगठनको नयाँ जिम्मेवारी पाउने विद्यार्थी नेतालाई बधाई तथा सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि संगठनका केन्द्रिय स्थायी कमिटि सदस्य टुकलाल गैरेले पार्टीले दिएको नयाँ जिम्मेवारी कुशलतापुर्वक पुरा गर्ने प्रतिवद्धता व्यक्त गरे । लुम्बिनी प्रदेश सह ईन्चार्ज समेत रहेका गैरेले अब छिट्टै जिल्ला सम्मेलनबाट नयाँ नेतृत्व आउने बताउदै सबैले संगठनलाई बलियो र मजबुत बनाउनुपर्नेमा जोड दिन आग्रह गरे ।

अनेरास्ववियुका केन्द्रिय सदस्य ईन्दिरा पौडेल, अजय चौधरी, संगठनका राष्ट्रिय परिषद सदस्य अन्जित खनाल, निशान खड्का, प्रदिप खनाल, सन्दिप आचार्य लगायत जिल्ला सचिवालय सदस्यहरुको उपस्थिती रहेको कार्यक्रम अनेरास्ववियुका जिल्ला सह संयोजक दयाराम पौडेलको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रकाशित : २८ आश्विन २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६