अन्तर्राष्ट्रिय

खाद्यान्न संकट तथा भोकमरीविरुद्ध लड्ने संयुक्त प्रतिबद्धताका साथ विश्व खाद्य दिवस मनाइँदै ।



काठमाण्डौ, ३० असोज । स्वस्थ भविष्यको लागि सुरक्षित खाना’ भन्ने नाराका साथ आज  विश्वभर ४१ औँ विश्व खाद्य दिवस मनाइँदै छ । खाद्यान्न संकट तथा भोकमरीविरुद्ध लड्ने संयुक्त प्रतिबद्धताका साथ संसारभर विश्व खाद्यान्न दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्र संघको विशिष्टिकृत निकाय खाद्य तथा कृषि संगठनको प्रस्तावलाई राष्ट्र संघले पारित गरेसँगै सन् १९८१ देखि यो दिवस मनाइँदै आइएको हो ।

खाद्य तथा कृषि संगठनको स्थापना दिवसको अवसर पारेर विश्व खाद्य दिवस मनाइन्छ । खाद्य तथा कृषि संगठन १६ अक्टोबर सन् १९४५ मा स्थापना भएको थियो । सन् १९५१ को नोभेम्बरमा नेपालले खाद्य तथा कृषि संगठनको सदस्यता पाएको थियो ।

नेपालले पनि सन् १९८१ मा ‘उब्जनी बढाऔँ, सन्तुलित खाना खाऔँ, बढी जोगाऔँ’ भन्ने नाराकासाथ पहिलो खाद्य दिवस मनाएको थियो । नेपाल कृषिप्रधान देश भएर पनि हामी अर्बौं रुपैयाँ बराबरको धान, चामल, गहुँ, जौ, दलहन जस्ता खाद्यान्नहरू आयात हुने गरेको छ ।

जलवायु परिवर्तनले निम्त्याएको खाद्यान्न संकटलाई विश्वभर अहिले २१ औँ शताब्दीको मुख्य चुनौतीको रुपमा हेरिएको छ । जलवायु परिवर्तनकै कारण विश्वका धेरै जसो ठाउँमा रहेको रैथाने अन्नबालीसमेत हराउँदै गएको छ ।

प्रकाशित : ३० आश्विन २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६