अर्थ-वाणिज्य

कात्तिके झरीले केकेमा पूरायो फाइदा र क्षती?



तुलसीपुर १ कात्तिक.।दाङमा पाक्नै लागेको धानबालीमा लगातार परेको पानीले ठूलो क्षति पुर्याएको छ। आज राती देखि परेको लगातारको पानीले पाकेको धान सखाप पारेपछि किसान चिन्तित भएका छन्। तारको पानीले खेतबारीका धानसँगै अन्य बाली साथै तरकारीमा समेत क्षति पुर्‍याएको किसानले बताएका छन्। तुलसीपुर १२ का स्थानीय बन्धु चौधारीका अनुसार पानीले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ हेमनगर जस्पुर क्षेत्रमा लगाएको खेतमा पाकेको धान बटुल्नै नमिल्ने गरी भिजेको जानकारी दिएका छन । बर्ष भरी खाने धान काटेको दुई दिनमा खेतमा पानी भरिएकोले कतै धान झर्ने हो कि भन्ने चिन्ता लागेको चौधरीले बताए।

लगातारको कात्तिके झरीले किसानलाई बाँकी रहेको धान पनि कसरी भित्र्याउने भन्ने समस्याले पिरोलेको छ। कतिपय ठाउँमा काटेको धान खेतमै भिजेको छ भने कतै पाकेको धान काटन नपाएर खेतमै झर्ने अवस्था पुगेको छ।

 

प्रकाशित : १ कार्तिक २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६