पर्यटन

क्षतबिक्षेत अबस्थामा भेटियो गुल्मीमा खोलाले बगाएको जीप



गुल्मी ५ कात्तिक । गुल्मीमा कात्तिक १ गते डहरे खोला तर्ने क्रममा बाढीले बगाएको जिप फेला परेको छ । बुटवलबाट वामी तर्फ आउँदै गरेको लु १ ज ३४३२ नम्बरको बोलेरो जिप जिल्लाको सत्यवती गाउँपालिका वडानम्बर–६ डहरे खोला तर्ने क्रममा बगेर बेपत्ता भएको थियो ।बगेको स्थानबाट ८ सय मिटर तल क्षतविक्षेत अवस्थामा बिहीबार जिप फेला परेको स्थानीय ज्ञानहरी सापकोटाले बताए । जिपमा चालक सहित ९ जना यात्रुहरु रहेका थिए ।

जिप खोला नजिक दलदलमा फसेपछि यात्रु र चालक ओर्लिएका थिए । त्यसलगत्तै माथिबाट आएको लेदो सहितको पानीले जिप बगाएको थियो । जीपसँगै यात्रुहरुका सबै समानहरु बगेका थिए । यसअघि बर्खाको समयमा पनि डहरे खोलाले मालबाहक ट्रक बगाएको थियो ।

गुल्मी जिल्लाको क्षेत्र नम्बर १ मा पर्ने रिडी–वामी सडकखण्डमा डहरे खोला पर्दछ । यो सडक खुलेको वर्षौं भएपनि खोलाहरुमा पक्की पुल बन्न सकेको छैन । सडक कालोपत्रे पनि भएको छैन । त्यसैले जोखिम मोलेरै सयौं सवारीका साधनहरु गुल्मी जिल्लासँगै छिमेकी जिल्ला बाग्लुङको बुर्तिबाङसम्म यही सडकबाट आउ–जाउ गर्छन् ।

प्रकाशित : ५ कार्तिक २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६