अन्तर्राष्ट्रिय

जयनगर–कुर्था रेलमार्ग भारतद्वारा नेपाल सरकारलाई हस्तान्तरण



काठमाडौं, ५ कार्तिक  । भारत सरकारको सहयोगमा निर्मित जयनगर–कुर्था सीमापार रेलमार्ग भारतले नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेनुकुमारी यादव र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राको उपस्थितीमा रेलमार्ग नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो । समारोहमा भारत सरकारको तर्फबाट परियोजनाको कार्यान्वयन निकाय आईआरसीओएन इन्टरनेसनल लिमिटेडले सो रेल खण्ड नेपाल सरकारको तर्फबाट उपस्थित नेपाल रेलवे कम्पनी लिमिटेडलाई हस्तान्तरण गरेको नेपालस्थित भारतीय दूतावासले प्रेस विज्ञप्तिमा जनाएको छ ।

भारत सरकारको आर्थिक सहयोगमा भारतको जयनगरदेखि नेपालको कुर्थासम्मको ३४.९ किलोमिटर न्यारो गज खण्डलाई ब्रोड गजमा रुपान्तरण गर्ने कार्य सम्पन्न भएको थियो । भारतको आर्थिक सहयोग अन्तर्गत नेपाली ७७ अर्ब रुपैंयामा निर्माण भएको ३४.९ किलोमिटर जयनगर–कुर्था खण्ड ६८.७२ किलोमिटर जयनगर–बिजलपुरा–बर्दिबास रेलमार्गकै एक हिस्सा रहेको दूतावासले जनाएको छ ।

‘यो खण्ड पहिले जयनगर र बिजलपुराबीच न्यारो गज रेलमार्गको रुपमा रहेको थियो । जयनगर–कुर्था खण्डमा कूल ८ वटा स्टेशन र साना स्टेशन रहेका छन् जसमा जनकपुरको ऐतिहासिक महत्वको शहर पनि सामेल छ’ विज्ञप्तिमा भनिएको छ ।

एकपटक सञ्चालनमा आए लगत्तै यो भारत र नेपालबीचको पहिलो ब्रोड गज सीमापार रेलमार्ग हुने दूतावासले उल्लेख गरेको छ । ‘यसले दुई देशबीचको व्यापार र वाणिज्य गतिविधिहरुलाई थप बढावा दिनुका साथै जनताबीचको सम्बन्धलाई अझ सुदृढ गर्नेछ’ विज्ञप्तिमा छ ।

सीमापार रेल सञ्जाल दुई देशबीचको द्विपक्षिय सहकार्यको महत्वपूर्ण पाटो रही आएको छ । जसमा जयनगर–बिजलपुरा–बर्दिबास रेलमार्ग र १८.६ किलोमिटर जोगबनी–विराटनगर रेलमार्ग समेत छन् ।

प्रकाशित : ५ कार्तिक २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६