प्रदेश

आफुलाई नै अपराधी सावित गरेर संघीयता उल्टाउने प्रयत्न भयको प्रचण्डको दाबी



काठमाडौं ७ कार्तिक  । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा संघीयता उल्टाउने प्रयत्न भएको बताएका छन् । आइतबार काठमाडौंमा पदम बिश्वकर्मा साहित्य प्रतिष्ठान र नेपााल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा प्रचण्डले आफुलाई नै अपराधी सावित गरेर मुलुकमा संघीयता उल्टाउने प्रयत्न भएको बताए ।

प्रचण्डले जातिय बिभेदका लागि भएका बिद्रोहलाई समेत बदनाम गराउन खोजेको समेत बताए । दलित, आदिवासी, जनजाति, महिलाका कुरा उठाएकै कारण आफुले अनेक आरोप खेप्नुपरेको उनको भनाई छ । प्रचण्डले जातिय बिभेदको आन्दोलन सुरु गर्ने रोल्पा रुकुम जस्ता स्थानमा नै दलितसंग प्रेम गरेको आरोपमा मारिनुपर्ने घटना दुर्भाग्यपूर्ण रहेको धारणा राखे ।

प्रचण्डले संघीय लोकतन्त्रीक गणतन्त्र र शान्तिका लागि बन्दुकको व्यवस्थापन गरेपनि मुलधार भनिने पार्टीहरुले अझैपनि पुरातन सोचमा नै रहेको तर्क गरे । कार्यक्रममा ज्योति स्पर्श र रातो बारुद पुस्तक लोकार्पण गरिएको थियो ।

प्रकाशित : ७ कार्तिक २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६