अर्थ-वाणिज्य

मन्त्रीको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जना घाइते



बुटवल 12 कार्तिक । लुम्बिनी प्रदेश सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अजय शाही चढेकाे गाडीले एक मोटरसाइकललाई ठक्कर दिँदा एक जना घाइते भएका छन् । मन्त्री शाही सवार भे१झ ३३१ नम्बरको गाडीले लु७८प ५६६३ मोटरसाइकललाई ठक्कर दिँदा रुपन्देहीको तिलोत्तमा–३, शंकरनगरमा मन्त्री सवार गाडीले ठक्कर दिँदा बुटवल उपमहानगरपालिका–१२, तामनगर निवासी २० वर्षीय मिगिन मगर घाइते भएका हुन् ।

बुटवलबाट भैरहवातर्फ जाँदै गर्दा भएकाे उक्त दुर्घटनामा परी घाइते व्यक्तिको वास्ता नगरी मन्त्री शाही हतार–हतार अर्को गाडीमा चढेका प्रत्यक्षदर्शीको भनाइ छ । मन्त्री शाही हिँडे पनि उनका स्वकीय सचिवले घाइतेलाई उपचारका लागि क्रिमसन अस्पताल पुर्याएका थिए ।

प्रकाशित : १२ कार्तिक २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६