जीवनशैली

पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्न अनेरास्ववियुको माग



काठमाडौं १३ कार्तिक । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि खारेज गर्न एमालेको भ्रातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले माग गरेको छ ।

अनेरास्ववियु अध्यक्षमा सुनिता बरालले जारी गरेको विज्ञप्तिमा तत्काल बढेको मूल्य फिर्ता गर्न माग गरिएको हो । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि नरोकिएमा आन्दोलन गर्ने अनेरास्ववियुको चेतावनी छ ।

पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिका कारण नेपाली जनताको जनजीवन प्रभावित भएको अनेरास्ववियुको ठहर छ ।

जनताको आधारभूत आवश्यकतासँग प्रत्यक्ष गाँसिएका वस्तुहरू प्रति सरकार नियन्त्रित निकायको केवल नाफा निकाल्ने कदममा लागेको अनेरास्ववियुको आरोप छ ।

प्रकाशित : १४ कार्तिक २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६