प्रदेश

एमाले जिल्ला कमिटीमा ४० जना मनाेनित ,पदेन सहित १६७ सदस्यीयमा विस्तार



 कपिलवस्तु, १४  कात्तिक।  एमाले जिल्ला कमिटीमा ४० जना मनाेनित भएका छन । माथिल्लो कमिटीमा परेकाले २५ जनालाई बिदा गरेको कार्यालय सचिव धर्मराज भुसालले   बता‌उनु भएको छ। १० पालिकाका अधयक्ष पदेन सहित  १६७ सदस्यीयमा विस्तार भएको छ।             नेकपा (एमाले) जिल्ला अध्यक्ष झविलाल पोख्रेलको अध्यक्षतामा सम्पन्न पदाधिकारीको १५ औं वैठक महत्वपूर्ण निर्णयहरु गर्दै सम्पन्न भएको एमाले जिल्ला  भुसालले जानकारी दिनु भयो । वैठकले जिल्ला सचिवालय विस्तार गरी ४७ सदस्यि जिल्ला सचिवालय र जिल्ला कमिटी विस्तार गरी १ सय ४६ सदस्यि जिल्ला कमिटी पु¥याएको छ ।

सोही वैठकले जिल्ला सल्लाहकार, जिल्ला विभागहरु समेत  विस्तार गरेको एमाले कपिलवस्तुले जनाएको छ । त्यस्तै वैठकले प्रदेश कमिटी तथा स्थानिय कमिटीमा जिम्मेवारी प्राप्त गर्नुहुने सबैलाई धन्यावद ज्ञापन गर्दै विदा गरेको जनाएको छ । वैठकले जिल्ला कमिटी सदस्य पार्वती पाण्डेकी पिता गुल्मी रुपाकोट निवासी ८८ वर्षे पिताम्बर भण्डारी र ७८ वर्षे माता इन्द्रकला भण्डारीको निधन प्रति भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्दै शोक सन्तप्त परिवारजन  प्रति गहिरो समवेदना प्रकट गरेको एमाले जिल्ला प्रचार विभागले जनाएको छ ।

वैठक एमाले केन्द्रि सदस्य तथा लुम्बिनी प्रदेश सहइन्चार्ज गिरधारीलाल न्यौपानको प्रमुख आतिथ्यता, एमाले केन्द्रिय सदस्य तथा कपिलवस्तु इन्चार्ज विमला घिमिरे ,एमाले लुम्बिनी प्रदेशका कार्यालय सचिव बलराम अधिकारी लगायतका नेताहरुको आतिथ्यतामा सम्पन्न भएको एमाले कपिलवस्तुले जनाएको छ । 

प्रकाशित : १४ कार्तिक २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६