अन्तर्राष्ट्रिय

विवाह समारोहमा गीत रोक्न भन्दै बन्दुकधारीको आक्रमण : २ जानाको मृत्यु १० घाइते



काठमाडौं, १४ कात्तिक । अफगानिस्तानमा बन्दुकधारीको एक समूहले विवाहस्थलमा प्रवेश गरी कम्तिमा दुई जनाको हत्या गरेको छ । विवाह समारोहमा गीत बजेको र त्यसलाई रोक्न भन्दै तीन जना बन्दुकधारीले आक्रमण गरेको अधिकारीहरुले बताएका छन् ।

पूर्वी अफगानिस्तानमा भएको उक्त आक्रमणमा कम्तिमा दुई जना मारिएको र अन्य १० जना घाइते भएको बीबीसीले जनाएको छ । एक प्रत्यक्षदर्शीले शुक्रबार पूर्वी अफगानिस्तानको नांगाहार प्रान्तस्थित सुर्ख रोड जिल्लामा चार जोडीले सामुहिक विवाह गरेको बताएका छन् । स्थानीय तालिबानी नेतासँग अनुमति लिएर उक्त विवाह समारोहमा महिला मात्रै उपस्थित हुने स्थानमा गीत–संगीत बजाइएको थियो ।

प्रकाशित : १५ कार्तिक २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६