अन्तर्राष्ट्रिय

काठमाडौं र पोखरामा अमेरिकी सेना किन आइपुगे ?



काठमाडौं, १४ कात्तिक । भोलि (सोमबार) देखि शुरु हुने ‘टीक नेल’ नामक सैन्य अभ्यासमा भाग लिन २० अमेरिकी सेना नेपाल आएका छन् । ‘टीक नेल’ अभ्यास विपद् व्यवस्थापनमा केन्द्रीत हुने जनाइएको छ । नेपाली र अमेरिकी सेनाबीचको सैन्य अभ्यास काठमाडौं र पोखरामा हुनेछ । मुलुतः पानी र हिमालमा फसेकाहरुलाई कसरी उद्दार गरिन्छ भन्ने बारेमा अभ्यास केन्द्रीत रहने छ ।

अमेरिकी सेनाहरु पानी र हिमाली क्षेत्रमा उद्दारका लागि निपूर्ण मानिन्छन् । अभ्यासका क्रममा अमेरिकी सेनाले हिमाली क्षेत्रमा फसेकाहरुलाई गरिने उद्दारका बारेमा नेपाली सेनालाई तालिम दिनेछन् ।

अभ्यास झण्डै एक महिनासम्म चल्ने छ । ‘टीक नेल’ सैन्य अभ्यासको यो २२ औं संस्करण हो । यसअघिका २१ वटा संस्करण नेपालमा भएका थिए । अभ्यासमा नेपाली सेनाका ५० र अमेरिकी सेनाका विशेष २० जना फौज सहभागी हुनेछन् । विपद् व्यवस्थापनको तालिमका लागि अमेरिकी सेनाले नेपाली सेनालाई उपलब्धिमुलक सहयोग गर्दै आएको छ ।

प्रकाशित : १५ कार्तिक २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६