अर्थ-वाणिज्य

कपिलवस्तुमा देउसी तथा भैलो कार्यक्रम संचालनको शसर्त अनुमति



कपिलवस्तु १५  कार्तिक ।गत वर्ष कोरोना महामारीका कारण नेपालीहरुका मुख्य चाडपर्वहरु प्रभावित भए पनि यस वर्ष भने सामान्य किसिमले पर्वहरु मनाउने वातावरण बनेको छ । पछिल्ला केही महिना यता नेपालमा कोरोना संक्रमण दरमा कमी आए सँगै जिल्ला प्रशासन कार्यालले जारी गरेको निषेधाज्ञा समेत खुकुलो छ ।

यस अघि नेपाली हिन्दु नारीहरुको मुख्य पर्व हरितालिका तीज पर्व सामान्य किमिसले सुरक्षा सतर्कताका साथ मनाइयो भने हालै विजया दशमी पर्व पनि हर्षोउल्लासका साथ देशभर मनाइएको छ । अब मुखैमा आएको नेपालीहरुको दोस्रो महाना पर्व तिहार पनि खुसीका साथ मनाउने तयारी छ ।

विशेष गरी तिहारका बेला रौनकको रुपमा मानिने देउसी र भैलो कार्यक्रमले तिहारलाई थप उत्साहपूर्ण बनाउने गर्दछ । यतीबेला कपिलवस्तुमा कोरोनाको जोखिम कम रहेका कारण प्रशासनले समेत देउसी तथा भैलो कार्यक्रम संचालनको अनुमति दिएको छ । जिल्ला सुरक्षा समितिले बनाएको विभिन्न शर्तसहितको फारम भरे पनि कपिलवस्तुमा देउसी भैली खेल्न पाउने गरी अनुमति दिइएको हो । तर चावडपर्व मनाउने विषयमा प्रशासनले बाध्यकारी नियम बनाएको भन्दै कतिपय क्षेत्रमा यसको आलोचना पनि भएको छ ।                                       यद्यपी जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै तिहारका बेला खेलिने देउसी भैलो कार्यक्रम संचालन पूर्व नजिकको प्रहरी कार्यालयमा समन्वय गरी सचालन गर्न भनेको छ । त्यस्तै देउसी भैलो कार्यक्रममा प्रयोग गरीने साउण्ड सिस्टमको आवज ७० डेसिमल भन्दा बढी नहुने गरी बजाउन पनि आग्रह गरीएको छ । यस्तै विहान ७ बजेदेखि राति ८ बजेसम्म देउसी–भैली खेल्ने समयसिमा तोकिएको छ ।

यसैबिच दशैँ सकिए लगत्तै तिहारको रौनक सुरु हुने कपिलवस्तुमा यस वर्ष भने तिहारको उत्सव सामान्य छ । बजारमा मानिसको चहलपहल, तिहार विशेष सामाग्रीहरुको खरिद विक्रि तथा देउसी कार्यक्रमको पुर्व तयारी लगाएतका गतिविधि यस वर्ष देखिएका छैनन । कोरोनाको जोखिमका कारण पनि यस वर्ष नागरिकहरु चाडपर्वलाई सामान्य किसिमले पारिवारीक सद्ुभावका साथ मनाउने तयारी गरेका छन् ।

प्रकाशित : १५ कार्तिक २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६