खेलकुद

राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि ६० जनाको आवेदन



काठमाडौं, १५ कात्तिक। नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक बन्नका लागि ६० जनाले आवेदन दिएका छन् । गत सेप्टेम्बरमा डेभ वाटमोरले अप्रत्यासित रुपमा पदबाट राजीनामा दिएछि रिक्त पदका लागि नेपाल क्रिकेट संघले आवेदन खुल्ला गरेको थियो ।

त्यसका लागि विश्वभरबाट कुल ६० जनाले नेपालको प्रशिक्षक बन्नका लागि आवेदन दिएको क्यानले जनाएका छन् । क्यानले सोमबार बिहान विज्ञप्ति जारी गर्दै ६० जनाको आवेदन प्राप्त भएको जनाएको छ । साथै आवेदकमध्येबाट सर्टलिस्ट छनोट गरेर छिटै अन्तर्वार्ता लिने पनि क्यानले जनाएको छ ।

‘राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक पदको लागि ६० जनाको आवेदन प्राप्त भएको छ । क्यानले गठन गरेको छनोट समितिले केही दिनभित्रै सर्टलिस्टेड आवेदकहरूको अन्तर्वार्ता लिनेछ,’ क्यानले विज्ञप्तीमा जनाएको छ ।

गत पुस नेपालको प्रशिक्षक नियुक्त भएका वाटमोरले आफ्नो समय बाँकी छँदै पारिवारिक कारण भन्दै क्यानसमक्ष राजीनामा दिएपछि नेपाल प्रशिक्षकविहीन बनेको थियो । वाटमोरको प्रशिक्षणमा नेपालल ओमानमा आईसीसी क्रिकेट विश्वकप लिग २ त्रिकोणात्मक सिरिज खेलेको थियो । त्यसयता नेपाली टिमले प्रशिक्षण पनि गरेको छैन ।

प्रकाशित : १५ कार्तिक २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६