खेलकुद

नेपााली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अल्मुताइरीले गरे तीन वर्षे सम्झौतामा हस्ताक्षर ।



काठमाडौं, १६ कात्तिक । नेपााली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले तीन वर्षे सम्झौतामा हस्ताक्षर गरेका छन् । अब उनी सन् २०२४ सम्म राष्ट्रिय टिमको मुख्य प्रशिक्षक रहनेछन् ।

मुख्य प्रशिक्षक अल्मुताइरीका अनुसार १ नोभेम्बरबाट सुरु भएको नयाँ सम्झौता २०२४ को अन्त्यसम्म कायम रहनेछ । उनले अघि भने, ‘हामीले राम्रो फुटबलका लागि राम्रो वातावरण बनाउन छलफल गरेका छौं । धेरै कुरा अर्को महिला लिग सुरु भएपछि प्रष्ट हुनेछ ।’

माल्दिभ्समा भएको साफ च्याम्पियनसिपको फाइनल खेल्नुअघि अम्मुताइरीले नेपाल छाड्ने घोषणा गरेका थिए । तर अखिल नेपाल फुटबल संघ ९एन्फा०का अध्यक्ष कर्माछिरिङ शेर्पाले कतार पुगेर भेट्नुका साथै कतार फुटबल एशोसिएसनसँग भएको छलफलपछि मुख्य प्रशिक्षक अम्मुताइरी नयाँ सम्झौताका लागि सहमत भएका हुन् ।

परीक्षण काल पूरा गरेको भन्दै  मुख्य प्रशिक्षक अल्मुताइरीले मिलेर फुटबल विकासमा काम गर्न चाहेको बताए । ‘म प्रशिक्षक हुँ, फुटबलमा काम गर्न चाहन्छु’ उनले भने ।

तर आफ्नो व्यक्तिगत जीवनलाई लिएर टीकाटिप्पणी नगर्न उनले आग्रह गरे । मुख्य प्रशिक्षक अल्मुताइरीले अघि भने, ‘मैले के लगाएँ, कस्तो कपाल बनाएँ, मेरो जीवनबारे नबोल्नुस् । मेरो काममा केही छ भने भन्नुस् ।’

प्रकाशित : १६ कार्तिक २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६