अर्थ-वाणिज्य

बाणगंगा नगरपालिका कार्यपालिका बैठक, कृषि विकास शाखाको बजेट स्वीकृत ।



कपिलवस्तु, १६ कार्तिक । कपिलवस्तुको बाणगंगा नगरपालिकाको कार्यपालिका बैठक सम्पन्न भएको छ । नगरको सभाहलमा मंगलबार बसेको बैठक विभिन्न निर्णय गर्दै सकिएको हो । बैठकले कृषि विकास शाखाको बजेट स्वीकृत गरेको छ । जसअन्तरगत कृषिसंग सम्बन्धित विभिन्न कृषि उपज खरिद, कृषि उपकरण तथा विउविजन रहने छन् । यस्तै बैठकले होमस्टे संचालनका लागी कार्यविधि स्वीकृत गरेको वडा नं.२ का वडाध्यक्ष समेत रहेका नगरका प्रवक्ता विष्णुप्रसाद पौडेलले जानकारी दिए । पौडलका अनुसार बैठकले बहुक्षेत्रीय पोषण कार्यक्रम पनि स्वीकृत भएको  छ ।

जस अन्तरगर्त खानेपानी तथा सरसफाई तर्फको रु ८ लाख महेन्द्र मा.वि. कोपवाको शौचालय निर्माण लागी रहने छ । यस्तै बैठकले शुभ दिपावली तथा छठ पर्वको पावन अवसरमा नगरवासीलाई शुभकामना दिर्दै चार्डपर्व संयमित भएर मनाउन तथा कम खर्चिलो गराउन आग्रह गरेको छ ।

नगरले जिल्ला प्रशासनले जारी गरेको निर्देशिकालाई मध्येनजर गरेर देउसीभैलोका गतिविधि संचालन गर्न  आव्हान गरेको प्रमुख प्रशासकिय अधिकृत वासुदेव खनालले जानकारी दिए ।

प्रकाशित : १६ कार्तिक २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६