प्रदेश

सूचना लुकाउने अर्थ मन्त्रालयलाई सात दिनभित्र जवाफ पठाउन सूचना आयोगको निर्देशन ।



काठमाण्डौ, १७ कार्तिक । सूचना लुकाउने अर्थ मन्त्रालयलाई सात दिनभित्र जवाफ पठाउन राष्ट्रिय सूचना आयोगले आदेश दिएको छ । आयोगले सूचनाको हक बमोजिम सूचना माग गर्दा सूचना लुकाउने निर्णय गर्ने अर्थ मन्त्रालयलाई सात दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।

सूचनाको हकको प्रयोग गरी कर फछ्र्यौट आयोग—२०७१ुको प्रतिवेदनको प्रमाणित सूचना माग गर्दा अर्थ मन्त्रालयका सचिव मधु कुमार मरासिनीले मन्त्रिस्तरीय निर्णय गराइ लुकाउने निर्णय गरेपछि पत्रकार रविराज बरालले मन्त्रालयको निर्णय बदरको माग गरी गएको कार्तिक ११ गते राष्ट्रिय सूचना आयोगमा पुनरावेदन गर्नुभएको थियो ।

पुनरावेदन परेको चार दिनपछि प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङको संयोजकत्वमा सूचना आयुक्त कमला ओली थापा र रत्नप्रसाद मैनालीसमेतको इजलासले मन्त्रालयलाई सात दिनभित्र लिखित जवाफ पठाउन आदेश दिएको हो ।

प्रकाशित : १७ कार्तिक २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६