अर्थ-वाणिज्य

एमालेले दशौं राष्टिय महाधिवेशनका प्रतिनिधिलाई लेवी तोक्यो



काठमाडौं १७ कात्तिक  । नेकपा एमालेले दशौं राष्टिय महाधिवेशनका प्रतिनिधिलाई लेवी तोकेको छ । एमाले सचिव एवं प्रचार बिभाग प्रमुख योगेश भट्टराईले केन्द्रीय कमिटी बैठकबाटै महाधिवेशन प्रतिनिधिहरुबाट शुल्क लिने गरी ब्यवस्था भएको जानकारी दिनुभयो ।

एमालेको दशौं महाधिवेशन आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । उउदघाटन सत्रमा कम्तीमा ५ लाख उतार्ने योजनासहित अघि बढेको एमालेले महाधिवेशनमा स्वत प्रतिनिधि हुनेलाई ३ हजार र निर्वाचित भएर आउने प्रतिनिधिलाई दुई हजार शुल्क तोकिएको महाधिवेशन प्रचार उपसमितिका संयोजकसमेत रहनुभएका सचिव भट्टराईले जानकारी दिनुभयो । केन्द्रीय कमिटी र केन्द्रीय आयोगका पदाधिकारी तथा सदस्य स्वतः प्रतिनिधि हुने ब्यवस्था एमालेको बिधानमा छ ।

एमालेको दशौं महाधिवेशनमा १९ सय ९९ सदस्य रहने अनुमान गरिएको छ । एमालेले महाधिवेशनको लागि आर्थिक बिभागको प्रमुखमा मुल ब्यवस्थापन समितिका सचिवसमेत रहनुभएका स्थायी कमिटी सदस्य बिष्णु रिमाललाई तोकेको छ ।

प्रकाशित : १८ कार्तिक २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६