अर्थ-वाणिज्य

बढयो आन्तरिक उडानको हवाई भाडा



काठमाडौं १७ कात्तिक । आन्तरिक उडानको हवाई भाडा आन्तरिक उडानको हवाई भाडा छ । हवाई इन्धनमा खर्च (फ्यूल सजचार्ज) बढ्दा हवाई भाडा पनि बढेको हो । वायुसेवा सञ्चालक संघले बुधबार एक सूचना जारी गर्दै नयाँ भाडादर सार्वजनिक गरेको छ ।

आन्तरिक उडानतर्फ न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ४४० रुपैयाँसम्म भाडा बढेको संघले जानकारी दिएको छ । काठमाडौं–धनगढी हवाई भाडा सबैभन्दा बढी ४४० रुपैयाँ बढेको छ । यो रुटमा यसअघि फ्युल सजचार्ज ३८ सय रुपैयाँ रहेकोमा पछिल्लो पटक चार हजार २४० रुपैयाँ पुगेको छ ।

अन्यत्र भन्दा डोटी–साफेबगर उडानमा कम अर्थात ४५ रुपैयाँ भाडा बढेको छ । यसअघि यो रुटमा ३५५ रुपैयाँ इन्धन खर्च रहेकोमा अहिले ४०० रुपैयाँ पुगेको हो । पछिल्लो समय आयल निगमले पेट्रोलियम पदार्थ पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने एलपी ग्याससँगै हवाई इन्धनको समेत मूल्य वृद्धि गरेसँगै हवाई भाडा समेत बढाउनु परेको संघले बताएको छ ।

सार्वजनिक नयाँ भाडा दरलाई नेपाल नागरिक उड्ययन प्राधिकरणले गत मंगलबार स्वीकृत गरेसँगै संघले आज सार्वजनिक गरेको हो । तिहारकै बेला हवाइ भाडा बढेपछि अब यात्रुले गोजीमा थप रकम जोहो गर्नुपर्ने भएको छ । तिहारका बेला मानिसको आउजाउ बढ्ने गर्छ ।

प्रकाशित : १८ कार्तिक २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६