खेलकुद

शहीद स्मारक ‘ए’ डिभिजन लिग ४ मैदानमा आयोजना हुने ।



काठमाण्डौ, २१ कार्तिक । यही कात्तिक २९ गतेदेखि आयोजना हुने शहीद स्मारक ‘ए’ डिभिजन लिगको उद्घाटन खेलमा यसै सिजन बढुवा भएको सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुँदैछ । अघिल्ला संस्करण दुई मैदानमा आयोजना भएको लिग अब भने चार मैदानमा आयोजना हुँदैछ । मनाङ मर्स्याङ्दी फुटबल क्लबले पोखराको रङ्गशालालाई घरेलु मैदान बनाउँदैछ भने च्यासल मैदान पनि लिगका लागि प्रयोग गर्ने योजना आयोजक एन्फाले बनाएको छ ।

नेपाली फुटबलको मेरुदण्ड मानिएको शहीद स्मारक ‘ए’ डिभिजन लिग कात्तिक २९ गते त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा उद्घाटन हुँदैछ । उद्घाटन खेल ‘फ्लड लाइट’ मा खेलाउने तालिका बनाएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले दशरथ रङ्गशालाबाहेक एन्फा टेक्निकल सेन्टर, च्यासल मैदान र मनाङ मर्स्याङ्दीले प्रस्ताव गरेको पोखरा रङ्गशालामा खेलाउने सक्ने बताएको छ ।

दशरथ रङ्गशालामा उद्घाटन हुने खेल बेलुकी ५ बजे सुरु हुनेछ । २०७२ को भूकम्पपछि बनेको नयाँ रङ्गशालामा उद्घाटन खेलबाहेक अन्य खेल भने दिउँसो ३ बजे हुनेछन् । काठमाण्डौको मध्य भागमा रहेको रङ्गशालामा १३ औँ दक्षिण एसियाली खेलकुद भइसकेको छ भने केही अन्तर्राष्ट्रिय खेल पनि सम्पन्न भइसकेको छ । सुरुवाती दुई चरणका तालिका मात्र सार्वजनिक भएको मध्येमा दशरथ रङ्गशालाका साथै एन्फा टेक्निकल सेन्टरमा तोकिएको छ ।

एन्फा टेक्निकल सेन्टरमा आयोजना हुने पहिलो खेल कात्तिक ३० गते हिमालयन शेर्पा र सङ्कटा क्लबबीच आयोजना हुनेछ । त्यो खेल दिउँसो १२ बजे हुनेछ । कृत्रिम मैदान एन्फा टेक्निकल सेन्टरमा अहिले केही टोलीले मैत्रीपूर्ण खेल खेलेका छन् जसलाई ुप्रि–सिजनु को अभ्यास खेलका रूपमा व्या​ख्या गरिएको छ । तेस्रो चरणको खेल च्यासलमा गराउने लक्ष्य राखेको एन्फामा केही प्राविधिक काम भने बाँकी नै छ । मैदानमा गोलपोस्ट बनाउने र मैदानभित्र खेल क्षेत्रको लाइन बनाउने काम बाँकी नै छ ।

यस्तै चौथो खेल स्थलका रूपमा पोखरा रङ्गशाला पनि प्रयोग आउने एन्फाले जनाएको छ । त्यहीअनुसार तालिका बनाउनुपर्ने भएकाले दुई चरणका खेललाई मात्र खेल स्थल, मिति र समय तोकिएको हो ।

कोरोना भाइरस सङ्क्रमणका कारण सीमित दर्शक उपस्थिति हुँदै आएको मैदानमा नयाँ सिजनको खेलमा दर्शकलाई अनुमति दिने जनाएको छ । फागुन १४ गतेसम्म सञ्चालन हुने लिगमा १४ टोलीले सहभागिता जनाउँदैछन् भने दुई टोली रेलिगेशनमा घटुवा हुनेछन् । लिगमा कुल १३ चरण र ९१ खेल हुनेछ ।

प्रकाशित : २२ कार्तिक २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६