कपिलवस्तु २२ कार्तिक ।आफनै श्रीमतिको हत्या गरेको आरोपमा कपिलवस्तु महाराजगंज नगरपालिका वडा नम्बरं. ११ बाबा बनगाईका ४५ बर्षका राम केवल लोनिया पक्राउ परेका छन । पर पुरुषसंग अबैध सम्बन्ध रहेको आशंकामा आबेगमा आएर उनले आफनी श्रीमति ३५ बर्षकी चिन्का लोनियाको हत्या गरी शवलाई जंगलमा फालेका थिए थिए ।
गत कार्तिक १९ गते बुद्धभुमी नगरपालिका वडा नम्बर ९ डुमरा चोकबाट रामकेवल पक्राउ परेका हुन । गत असोज १७ गते बुद्धभूमी नगरपालिका वडा नंम्बर ९ चम्पापुर कपिलबस्तु साझेदारी सामुदायिक जंगलमा मृतक चिन्काको कंकाल फेला परेको प्रहरी उपरिक्षक दान बहादुर कार्कीले पत्रकार भेटभाट कार्यक्रममा घटनावारे वताउदै भन्नु भयो ।
मृतक चिन्का गत भदौ १५ गतेबाट घरबाट बेपत्ता भएकी थिईन । घटना स्थलबाट मानिसको खप्पर, हड्डी हरियो रङको एक जोर चप्पल, साडी फेला परेका थियो । श्रीमतिको हत्या पछि पनि अभियुक्त रामकेवल फरार भएका थिए । प्रहरीले घटनाको अनुसंधान सूरु गरेपछि उनी नेपाल भारत सिमा क्षेत्रमा लुक्दै आएका थिए । प्रहरीले फेला परेको चप्पल र साडी देखाएपछि अभियुक्तकी १८ बर्षिया छोरी पुनिताले सो सामान आफनै आमाको भएको सनाखत गरेका थिईन।
घटनाको दिन अभियुक्तले छोरीलाई अन्तै पठाएको र श्रीमतिलाई दाउरा काटन भनी जंगलमा लगेका थिए । जंगलमै हसियाले रामकेवलले श्रीमतिको बिभत्स हत्या गरी शवलाई बेल नदीमा फालेर भारत तर्फ लागेका थिए । अभियुक्तमाथी कत्तब्र्य ज्यान मुद्दा चलाई घटनाको अनुसंधान र्भरहेको प्रहरी उपरिक्षक कार्कीले बताउनुभएको छ ।
प्रतिक्रिया