प्रदेश

कांग्रेसले ७७ वटै जिल्लाको क्रियाशील सदस्यता विवाद टुंगायो



काठमाडौं, २४ कात्तिक । सत्तारुढ नेपाली कांग्रेसले ७७ वटै जिल्लाको क्रियाशील सदस्यता विवाद टुंगो लगाएको छ । पछिल्लो समय विवाद बाँकी रहेको रौतहट र रसुवाको विवाद टुंगो लागेसँगै सबै जिल्लाको विवाद टुंगिएको हो ।

विवाद टुंगो लागेसँगै कांग्रेसले सबै जिल्लाको क्रियाशील सदस्यता नामावली वेबसाइटमार्फत सार्वजनिक गरिएको जनाएको छ । कांग्रेसको नयाँ कार्यतालिकाअनुसार कात्तिक २७ बाट रोकिएका अधिवेशन प्रक्रिया शुरु गरेर मंसिर २४ देखि २६ सम्म केन्द्रीय महाधिवेशनको मिति तोकिएको छ ।

केन्द्रबाट सदस्यताको विवाद टुंगो लागे पनि असन्तुष्टि भने कायमै रहेको छ । क्रियाशीलको विषयलाई लिएर तराईका जिल्ला, काठमाडौंको दक्षिणकाली नगरपालिका–२, काभ्रेको महाभारत गाउँपालिकालगाायतका स्थानमा सदस्यता विवादलाई लिएर अझै पनि असन्तुष्टि देखिएको छ । काठमाडौं र काभ्रेमा क्रियाशील सदस्यताकै कारण स्थानीय तहको अधिवेशन हुन सकेको छैन ।
सानेपामा रोकिएन अनसन रोकिएन
रौतहटको विवाद सुल्झिएसँगै कांग्रेसले ७७ जिल्लाकै क्रियाशील सदस्यता टुंग्याएको हो । रौतहटमा पनि कात्तिक २७ गते नै वडा अधिवेशन हुने समितिले जनाएको छ । क्रियाशील सदस्यता धाँधलीपूर्ण रुपमा वितरण गरेको आरोप लगाउँदै कांग्रेसको केन्द्रीय कार्यालय सानेपमा जारी अनसन भने नरोकिने भएको छ । १११ दिनअघि सानेपामा रौतहट प्रतिनिधिसभा निर्वाचन क्षेत्र–१ का केही नेता कार्यकर्ताहरु रिले अनसनमा छन् ।

रौतहट कांग्रेसका कोषाध्यक्ष राम श्रेष्ठ साहले आफूहरुको माग सम्बोधन नभएकाले अनसन नरोकिने बताए । ‘जुन क्रियाशील सदस्यता सार्वजनिक गरिएको छ, यसमा हाम्रो सहमति छैन,’ उनले भने, ‘१३ औं महाधिवेशनमा सहभागी नभएका २१६ जनाको सदस्यता नविकरण गरिएको छ । यो त पार्टीको विधान विपरीत भयो । हामी विधानविपरीत भएका कदमलाई स्वीकार गर्दैनौं ।’

उनले अनसन जारी राख्ने भन्दै आफूहरुको माग सम्बोधन नभएसम्म वडा अधिवेशन बहिस्कार गर्ने जनाए । ‘हामी अधिवेशनमा सहभागी हुँदैनौं,’ उनले भने, ‘हामी विधिपद्धती अनुसार पार्टी चल्नुपर्छ भन्ने पक्षमा हौं ।’ साहसहित महासमिति सदस्य डा. देवचन्द्र मिश्र, पूर्व स्वास्थ्यराज्यमन्त्री ब्रजकिशोर सिंह, महाधिवेशन प्रतिनिधि उदय यावदलगायत अनसनमा छन् ।

कांग्रेसले मंसिर २४–२७ सम्म १४ औं महाधिवेशन गर्ने गरी संशोधित कार्यतालिका सार्वजनिक गरिसकेको छ । कांग्रेस वडा अधिवेशन नभएका जिल्लामा कात्तिक २७ देखि अधिवेशन प्रक्रिया सुरु गर्ने जनाएको छ । कांग्रेसको १३ जिल्लामा वडा अधिवेशन हुन बाँकी छ ।

प्रकाशित : २४ कार्तिक २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६