अर्थ-वाणिज्य

माओवादीमा महरालाई लुम्बिनी प्रदेशको सह–इञ्चार्जको जिम्मेवारी



काठमाडौं २६ कात्तिक । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयमा हेरफेर हुने भएको छ ।
हालै सम्पन्न माओवादी केन्द्रको स्थायी कमिटी बैठकले प्रचण्डको स्वकीय सचिव जोखबहादुर महरालाई लुम्बिनी प्रदेशको सह–इञ्चार्जको जिम्मेवारी दिएको छ ।

महरा २०६० सालदेखि प्रचण्डको सचिवालयमा थिए । चुनवाङ बैठकले उनलाई औपचारिक रुपमा स्वकीय सचिवको जिम्मेवारी समेत दिएको थियो । माओवादी शान्ति प्रक्रियामा आएपछि पनि उनी प्रचण्डको सचिवालयमै रहे ।

नयाँ स्वकीय सचिवको रुपमा अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष रमेश मल्लको चर्चा छ । यस्तै प्रचण्डको प्रेस संयोजक विष्णु सापकोटालाई प्रेस सेन्टरमा केन्द्रित हुन भनिएको छ । तर उनको स्थानमा कसलाई ल्याउने भन्ने अझै टुंगो लागेको छैन । ‘सचिवालयमा कसलाई राख्ने भन्ने निर्णय गर्ने अधिकार अध्यक्षलाई नै दिइएको छ,’ माओवादीका एक नेताले भने ।

प्रकाशित : २७ कार्तिक २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६