अर्थ-वाणिज्य

सभापतिको साझा उम्मेदवार नभए पार्टी देउवालाई बुझाई दिंदा हुन्छ : शशांक



काठमाडौं २६ कात्तिक । कांग्रेस महामन्त्री शशांक कोइरालाले आसन्न महाधिवेशनमा आफूहरुको तर्फबाट सभापतिको साझा उम्मेदवार नभए पार्टी शेरबहादुर देउवालाई बुझाई दिंदा हुने बताएका बताएका छन् ।

आज (शुक्रबार) काठमाडौं बत्तिसपुतलीमा पौडेल समूहको बैठकपछि महामन्त्री कोइरालाले चार जना आकांक्षीहरुकाबीच एकतावद्ध भएर एक मात्रै उम्मेदवार बन्ने सहमति कायमै रहेको जानकारी दिएका छन् । आसन्न महाधिवेशनमा कांग्रेस सभापतिमा शेरबहादुर देउवा आफै दोहोरिन चाहेका छन् भने उनलाई उपसभापति विमलेन्द्र निधिले चुनौती दिइरहेका छन् । पौडेल समूहबाट भने वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला सभापतिका आकांक्षी छन् ।

‘एक जना मात्रै उम्मेदवार हुनुपर्छ भन्नेमा सबै जना सहमत नै हुनुहुन्छ । तर, को हुने ? भन्ने अझै पनि छलफलमै छ । अहिले नै भन्न सकिने अवस्था त छैन,’ शुक्रबारको छलफलपछि महामन्त्री कोइरालाले भने, ‘हामी चार जना आकांक्षी छौँ । हामीहरु अझै पनि छलफलमै छौं ।’उनले बैठकमा वरिष्ठ नेता पौडेलले चार जनामध्ये एक जना मात्रै साझा उम्मेदवार बनाउन आग्रह गरेको बताए । ‘आइतबार केन्द्रीय समिति बैठक छ ।       हामीले अहिले केन्द्रीय समिति बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल गर्‍यौं । अब साझा उम्मेदवारीबारे केन्द्रीय समिति बैठकपछि हामी चार जना आकांक्षी बसेर छलफल गर्छौँ । एउटै उम्मेदवार बनाउनुपर्छ भन्नेमा एकमत छौँ,’ कोइरालाले भने ।  महामन्त्री कोइरालाले पौडेल समूहमा अहिलेसम्म कुनै पनि विभाजन नरहेको दाबी गरे । ‘टिममा अहिलेसम्म विभाजन छैन । सभापति पदका लागि चारै जना उम्मेद्वार छौं । त्यही कारणले विभाजित मनस्थितिमा देखिएको हो,’ कोइरालाले भने, ‘हामीहरुमध्ये एक जना मात्रै उम्मेदवार नभए त हामीले फेरि शेरबहादुर देउवाजीलाई बुझाई दिए हुन्छ।’प्रकाशमान सिंह किन नआउनु भएको हो ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा कोइरालाले भने, ‘उहाँ काठमाडौं बाहिर भएर नआउनुभएको हो ।                          हामीसँग सम्पर्कमै हुनुहुन्छ ।’ उनले आफू पनि टिमलाई एकताबद्ध बनाएरै अघि बढ्ने पक्षमा रहेको बताए ।

प्रकाशित : २७ कार्तिक २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६