जीवनशैली

तुलसीपुरमा धान ओसाउने पंखाले काट्दा एक बालिका घाईते



तुलसीपुर,
२७-कात्तिक/ तुलसीपुरमा धान ओसाउने पंखाले काट्दा एक बालिका घाईते भएकी छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ निवासी गीता परियाारकी १६ महिनाकी छोरी सृष्टि परियारलाई धान ओसाउने पंखाले काटेर घाइते भएकी छिन् । 



विहिबार दिउँसो आमा सँग खेतमा गएकी बालीका खेल्ने क्रममा पंखाले आँखामा काटेको हो । घाइते सृष्टिको स्थानीय समाजसेवी खगेन्द्र डाँगीको सहयोगमा अस्पताल पुराइएको थियो । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागी राप्ती आँखा अस्पताल रक्षाचौरमा पुर्याईएको थियो ।

अस्पतालका नेत्र विशेषज्ञ डा सुरेश रसाइलीकले बच्चाको आखाँमा गहिरो चोट लागेका कारण सल्यक्रिया गर्नुपर्ने बताएका छन् । तर अस्पतालमा सल्यक्रिया गर्दा बेहोस बनाउने व्यवस्था नभएका कारण बालिकालाई भैरहवा आँखा अस्पताल रिफर गरिएकको उनले बताए ।

प्रकाशित : २७ कार्तिक २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६